Posts

Showing posts from November, 2020

गुल्मी-दरबार गा पा ले सुरु गर्यो विवरण संकलन काम।WHAT THE NEWS

Image
कार्तिक २८                                                                                 गुल्मी                                                                                   गुल्मीदरबार गाउँपालिका ले रास्ट्रीय परिचय-पत्रको लागि विवरण संकलन कार्य सुरु गरेको छ। गुल्मीदरबार गाउपालिका भित्रका सातवटै वडामा विवरण सन्कलन कार्य सुचारु भएको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डे ले जानकारी दिनुभयो।विवरण दर्ताको लागि वडा मा सम्पर्क गर्न सकिने पनि बताउनुभयो।      पालिकाले ठाउँ-ठाउमा विवरण सन्कलन गर्ने टोलि पठाएर अशक्त,अपाङ्ग र वृद्ध-बृद्दा को विवरण पनि सन्कलन गरिरहेको छ...

गुल्मीदरबारमा खेलाडी बोकेको जिप दुर्घटना

Image
 गुल्मी कार्तिक  २८ –   गुल्मी दरबार गाउपालिकामा खेलाडी  बोकेको जिप दुर्घटना भएको छ । बिहीवार राती करिब ११ बजे तिर गुल्मीको गुल्मीदरवार गाउपालीका का वडा नंम्बर २ साविकको जुभुङको फोक्सिङ भन्ने स्थानमा लु १ च ४७११ नम्बरको डवल क्याप जीप दुर्घटना भएको हो । जिल्लाको सत्यवती गाउँपालिकामा सम्पन्न क्रिकेट प्रतियोगितामा सहभागी एभर ग्रीन युवा क्लबका क्रीकेट खेलाडीहरु बोकेर गाउँ फर्कँदै गरेको जिप दुर्घटना हुन पुगेको हो । दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको स्थानिय मेडिकलमा उपचारपछि पाल्पाको प्रभासमा उपचार भइरहेको छ । ज्यान गुमाउनेमा गाडि चालक गुल्मी दरबार गाउपालीका २ निबासी २४ वर्षका मेख बहादुर गाहा रहेका छन । उनको स्थानिय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख जगन्नाथ पाण्डेले जानकारी दिनुभयो । गम्भीर घाइते हुनेहरुमा गुल्मीदरवार गाउपालीका का वडा नंम्बर २ निवासी २८ वर्षका धनबहादुर गाहा,२३ वर्षका प्रेम बहादुर पल्ली, ३५ वर्षका श्री रास्कोटी रहेका छन ।...

गरीब परिवारमा लकडाउनको प्रभाब ।यथार्थ |WHATHE NEWS

Image
   रोशन खरेल           गुल्मी तल खोला छेउको घर- खेत अनि श्रीमतिका अलि अलि भएका गहना  बन्धकी राखेर रिण खोजि ३महिना पहिला हातमा हरियो पासपोर्ट,गहभरी आँसु र भविश्यका अनगिन्ती सपनाहरु देखेर  छोरालाइ विदेश पठाएका पल्लाघरे काका एकाबिहानै हाम्रो घर आएर सुक्क-सुक्क गर्दै रुन थाले,भन्दै थिए,"लौन म त वर्वादै भए नि,छोरो विदेश गएर पैसा कमाएर पठाउला,छिट्टै नै बन्धकी राखेका घर-खेत छुटाउला र सधै पैसा कहिले तिर्छस भनी थर्काउने जिम्माल साहुको बर्षौ पुरानो ऋण तिरौला भनेको यो करुणा(कोरोना) आएर छोराले काम गर्न नि पाएन अरे।अरु त परै जाओस खान बस्न नि धौ-धौ पर्यो बा भन्दै फोनमा रुदै थियो।घर आउन नि बन्द ले पाएन,त्यहा बस्न खान साह्रै दुख भयो रे।गएको नि धेरै भाको छैन,पैसा कमाउने त बेलै भाको छैन।न त चिनजानको कोहि छ।सास फर्किने हो कि लास टुङ्गो छैन बा भन्दै फोनमै रुदै थ्यो।बुढेशकालको सहारा एउटा छोरो,बाउ-आमाका खुसी पूरा गर्न र ऋण मुक्त गराउन विदेश गको न त काम नै गर्न पायो,मेरो बुढेशकालको लठ्ठी हराए जस्तो पो भयो बाबू ।बरु गाउँमै भको भए जति जमिन थ्यो त्यत्तिमै पसिना ब...