गुल्मीदरबारमा खेलाडी बोकेको जिप दुर्घटना
गुल्मी
कार्तिक २८ – गुल्मी दरबार गाउपालिकामा खेलाडी बोकेको जिप दुर्घटना भएको छ ।
बिहीवार राती करिब ११ बजे तिर गुल्मीको गुल्मीदरवार गाउपालीका का वडा नंम्बर २ साविकको जुभुङको फोक्सिङ भन्ने स्थानमा लु १ च ४७११ नम्बरको डवल क्याप जीप दुर्घटना भएको हो । जिल्लाको सत्यवती गाउँपालिकामा सम्पन्न क्रिकेट प्रतियोगितामा सहभागी एभर ग्रीन युवा क्लबका क्रीकेट खेलाडीहरु बोकेर गाउँ फर्कँदै गरेको जिप दुर्घटना हुन पुगेको हो । दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको स्थानिय मेडिकलमा उपचारपछि पाल्पाको प्रभासमा उपचार भइरहेको छ । ज्यान गुमाउनेमा गाडि चालक गुल्मी दरबार गाउपालीका २ निबासी २४ वर्षका मेख बहादुर गाहा रहेका छन । उनको स्थानिय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख जगन्नाथ पाण्डेले जानकारी दिनुभयो । गम्भीर घाइते हुनेहरुमा गुल्मीदरवार गाउपालीका का वडा नंम्बर २ निवासी २८ वर्षका धनबहादुर गाहा,२३ वर्षका प्रेम बहादुर पल्ली, ३५ वर्षका श्री रास्कोटी रहेका छन । यस्तै १६ वर्षकी एलीसा पाल्पाली ,२३ वर्षका भिम बहादुर गाहा,वर्ष २३ कै सोनु गाहाको अवस्था मध्यम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ। रातको समय र कच्ची बाटो भएकोले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।अन्य विस्तृत विवरण आउन अझै बाकी रहेको जनाइएको छ।

Comments
Post a Comment