Posts

मेरो स्मरणमा श्री कृष्ण जन्माष्टमी अर्थात 'सानो तिज

Image
मेरो स्मरणमा श्री कृष्ण जन्माष्टमी अर्थात 'सानो तिज' म एक्कै छिन मेरो बाल्यकालमा पुग्न चाहान्छु हजुर पनि आफ्नो बाल्यकाल को दिनहरु स्मरण गर्नुस है। श्री कृष्ण जन्माष्टमी अर्थात म सानो तिजको रुपमा बुझ्छु।३-४ कक्षा मा अध्ययनरत हुदो हो।सानो तिजको अघिल्लो दिन दर खाने दिन भनेर १ बजे स्कुल छुट्टि हुने प्रचलन थियो।अघिल्लो दिन नै स्कुलमा साथीहरु सङ्ग भोलि तिजको दिनमा राम मन्दिरमा(जहाँ तिजको दिनमा आमाहरु जम्मा भएर तिजको गित गाउने गर्नुहुन्थ्यो) भेट्ने है भनेर सल्लाह हुन्थ्यो।त्यही सल्लाह अनुरुप भोलि भेट्ने बाचासहित घर तिर लागिन्थ्यो। साझ अलि 'हुनेखाने' ले दर को रुपमा धेरै परिकार बनाएर खान्थे होला तर 'हुदा खाने' को घरमा पनि कहि कतै बाट दूध किनेरै ल्याएर भएपनी खिर सम्म चाहिँ खाइन्थ्यो सायद म ' हुदा खाने'परिवारमा पर्थे ।साझ गाउमा कसैको घरमा जम्मा भएर तिजको गित गाइन्थ्यो राती अबेरसम्म खुब रमाइलो हुन्थ्यो।आमाहरुले गाउनु भएका बेदना का पोका अनि दिदी बहिनी ले पोखेका पिडाका पोका खुब सुन्न लायक हुन्थे।एकले अर्कोलाइ कर गरि गरि नचाउन अनि ...

गुल्मी-दरबार गा पा ले सुरु गर्यो विवरण संकलन काम।WHAT THE NEWS

Image
कार्तिक २८                                                                                 गुल्मी                                                                                   गुल्मीदरबार गाउँपालिका ले रास्ट्रीय परिचय-पत्रको लागि विवरण संकलन कार्य सुरु गरेको छ। गुल्मीदरबार गाउपालिका भित्रका सातवटै वडामा विवरण सन्कलन कार्य सुचारु भएको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डे ले जानकारी दिनुभयो।विवरण दर्ताको लागि वडा मा सम्पर्क गर्न सकिने पनि बताउनुभयो।      पालिकाले ठाउँ-ठाउमा विवरण सन्कलन गर्ने टोलि पठाएर अशक्त,अपाङ्ग र वृद्ध-बृद्दा को विवरण पनि सन्कलन गरिरहेको छ...

गुल्मीदरबारमा खेलाडी बोकेको जिप दुर्घटना

Image
 गुल्मी कार्तिक  २८ –   गुल्मी दरबार गाउपालिकामा खेलाडी  बोकेको जिप दुर्घटना भएको छ । बिहीवार राती करिब ११ बजे तिर गुल्मीको गुल्मीदरवार गाउपालीका का वडा नंम्बर २ साविकको जुभुङको फोक्सिङ भन्ने स्थानमा लु १ च ४७११ नम्बरको डवल क्याप जीप दुर्घटना भएको हो । जिल्लाको सत्यवती गाउँपालिकामा सम्पन्न क्रिकेट प्रतियोगितामा सहभागी एभर ग्रीन युवा क्लबका क्रीकेट खेलाडीहरु बोकेर गाउँ फर्कँदै गरेको जिप दुर्घटना हुन पुगेको हो । दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको स्थानिय मेडिकलमा उपचारपछि पाल्पाको प्रभासमा उपचार भइरहेको छ । ज्यान गुमाउनेमा गाडि चालक गुल्मी दरबार गाउपालीका २ निबासी २४ वर्षका मेख बहादुर गाहा रहेका छन । उनको स्थानिय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख जगन्नाथ पाण्डेले जानकारी दिनुभयो । गम्भीर घाइते हुनेहरुमा गुल्मीदरवार गाउपालीका का वडा नंम्बर २ निवासी २८ वर्षका धनबहादुर गाहा,२३ वर्षका प्रेम बहादुर पल्ली, ३५ वर्षका श्री रास्कोटी रहेका छन ।...

गरीब परिवारमा लकडाउनको प्रभाब ।यथार्थ |WHATHE NEWS

Image
   रोशन खरेल           गुल्मी तल खोला छेउको घर- खेत अनि श्रीमतिका अलि अलि भएका गहना  बन्धकी राखेर रिण खोजि ३महिना पहिला हातमा हरियो पासपोर्ट,गहभरी आँसु र भविश्यका अनगिन्ती सपनाहरु देखेर  छोरालाइ विदेश पठाएका पल्लाघरे काका एकाबिहानै हाम्रो घर आएर सुक्क-सुक्क गर्दै रुन थाले,भन्दै थिए,"लौन म त वर्वादै भए नि,छोरो विदेश गएर पैसा कमाएर पठाउला,छिट्टै नै बन्धकी राखेका घर-खेत छुटाउला र सधै पैसा कहिले तिर्छस भनी थर्काउने जिम्माल साहुको बर्षौ पुरानो ऋण तिरौला भनेको यो करुणा(कोरोना) आएर छोराले काम गर्न नि पाएन अरे।अरु त परै जाओस खान बस्न नि धौ-धौ पर्यो बा भन्दै फोनमा रुदै थियो।घर आउन नि बन्द ले पाएन,त्यहा बस्न खान साह्रै दुख भयो रे।गएको नि धेरै भाको छैन,पैसा कमाउने त बेलै भाको छैन।न त चिनजानको कोहि छ।सास फर्किने हो कि लास टुङ्गो छैन बा भन्दै फोनमै रुदै थ्यो।बुढेशकालको सहारा एउटा छोरो,बाउ-आमाका खुसी पूरा गर्न र ऋण मुक्त गराउन विदेश गको न त काम नै गर्न पायो,मेरो बुढेशकालको लठ्ठी हराए जस्तो पो भयो बाबू ।बरु गाउँमै भको भए जति जमिन थ्यो त्यत्तिमै पसिना ब...

यसरी आफै छुट्याउनुहोस-कोरोना भाइरस र मौसमी रुघाखोकी ....

Image
  यसरी आफै छुट्याउनुहोस-कोरोना भाइरस र मौसमी रुघाखोकी ....                                                                                   अब बिस्तारै देशभरी मौसममा परिवर्तन  भइ गर्मी मौसम बाट जाडो मौसम सुरु हुँदै छ।तिब्र गतिमा जाडो बढ्दै गएको छ।अन्य समय जस्तो हुन्थ्यो भने त यो बिषयमा खासै कसैको चासो हुन्थेन होला तर यतिवेला पुरै विश्व कोरोना भाइरसको महामारी बाट आक्रान्त बनेको र यसका लक्षण सामान्य तथा मौसमी रुघा-खोकी सङ्ग मिल्न जाने हुँदा यतिबेला यो बिषय जनचासोको बिषय बनेको छ।संसारभरि कोरोनाभाइरसका केसहरू बढिरहँदा कोरोना, सामान्य रुघा र मौसमी रुघाखोकीमा कस्ता भिन्नता हुन्छन् भन्ने विषयमा धेरैको चासो रहेको पाइन्छ । सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने सामान्य रुघाखोकी लाइ कोरोना मानेर आत्तिनु भएन र केही लक्षण मिलेमा  सामान्य रुघाखोक...

दशै, कसैको दशा नबनोस ....शुभकामना|WHAT THE NEWS

Image
                                                            दशै,  कसैको  दशा नबनोस.......... .                                                      रोशन खरेल            गुल्मी |   विशेषत हिन्दु धर्मालम्बीहरुले बर्षभरि मनाउने चाडवाड मध्ये बडा दशै लाई विशेष महत्वका साथ धुमधामले मनाउने प्रचलन रहेको  छ । खासगरि विजय वा पराक्रमको उत्सवको रुपमा मनाईने यस्ता चाडवाडहरुको धार्मिक विश्वास, मुल्यमान्यता, कथन, जनविस्वास, आस्थालाई अलग-अलग ढंगले विश्लेषण गर्ने गरिन्छ । तथापी मुलत यस्ता चाडवाड, पर्व, उत्सव मनाउने चलनचल्तीले आफन्तजनहरु, ईष्टमित्रहरु, साथीहरु, छिमेकीहरु वीच एक किसिमको आत्म...

युवा-युवतिमा बढ्दो आत्महत्या,बन्दैछ अन्य रोगभन्दा खतरनाक

Image
                                                                                              "आत्महत्या  "                मङ्गलबार ,०४ कार्तिक    आत्महत्याको अर्थ स्वयंलाई मार्नु भन्ने हो ।  व्यक्तिगत समस्याका कारण ले गर्दा नै प्रत्येक आत्महत्या हुने गर्छन। व्यक्तिका विभिन्न आकाङ्क्षाहरु हुन्छन  र ती आकाङ्क्षाहरु तत्काल पूरा होऊन  भन्ने  अभिलाशा राखेको हुन्छ । ती चाहनाहरु पूरा नभएपछि आत्महत्या गर्न पुग्छ ।तर, समग्रतामा अध्ययन गर्दै जाँदा कुनै व्यक्ति आत्महत्याको तहमा पुग्नुको मुल कारण समाज हो । हरेक व्यक्तिका ईच्छा, चाहना, आवश्यकताहरु हुन्छन् । उसले ती ईच्छा, चाहना, आवश्यकताहरुलाई परिपूर्ति गर्न चाहान्छ । तर, समाजले उसलाई छुट दिँदै...