Posts

Showing posts from October, 2020

यसरी आफै छुट्याउनुहोस-कोरोना भाइरस र मौसमी रुघाखोकी ....

Image
  यसरी आफै छुट्याउनुहोस-कोरोना भाइरस र मौसमी रुघाखोकी ....                                                                                   अब बिस्तारै देशभरी मौसममा परिवर्तन  भइ गर्मी मौसम बाट जाडो मौसम सुरु हुँदै छ।तिब्र गतिमा जाडो बढ्दै गएको छ।अन्य समय जस्तो हुन्थ्यो भने त यो बिषयमा खासै कसैको चासो हुन्थेन होला तर यतिवेला पुरै विश्व कोरोना भाइरसको महामारी बाट आक्रान्त बनेको र यसका लक्षण सामान्य तथा मौसमी रुघा-खोकी सङ्ग मिल्न जाने हुँदा यतिबेला यो बिषय जनचासोको बिषय बनेको छ।संसारभरि कोरोनाभाइरसका केसहरू बढिरहँदा कोरोना, सामान्य रुघा र मौसमी रुघाखोकीमा कस्ता भिन्नता हुन्छन् भन्ने विषयमा धेरैको चासो रहेको पाइन्छ । सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने सामान्य रुघाखोकी लाइ कोरोना मानेर आत्तिनु भएन र केही लक्षण मिलेमा  सामान्य रुघाखोक...

दशै, कसैको दशा नबनोस ....शुभकामना|WHAT THE NEWS

Image
                                                            दशै,  कसैको  दशा नबनोस.......... .                                                      रोशन खरेल            गुल्मी |   विशेषत हिन्दु धर्मालम्बीहरुले बर्षभरि मनाउने चाडवाड मध्ये बडा दशै लाई विशेष महत्वका साथ धुमधामले मनाउने प्रचलन रहेको  छ । खासगरि विजय वा पराक्रमको उत्सवको रुपमा मनाईने यस्ता चाडवाडहरुको धार्मिक विश्वास, मुल्यमान्यता, कथन, जनविस्वास, आस्थालाई अलग-अलग ढंगले विश्लेषण गर्ने गरिन्छ । तथापी मुलत यस्ता चाडवाड, पर्व, उत्सव मनाउने चलनचल्तीले आफन्तजनहरु, ईष्टमित्रहरु, साथीहरु, छिमेकीहरु वीच एक किसिमको आत्म...

युवा-युवतिमा बढ्दो आत्महत्या,बन्दैछ अन्य रोगभन्दा खतरनाक

Image
                                                                                              "आत्महत्या  "                मङ्गलबार ,०४ कार्तिक    आत्महत्याको अर्थ स्वयंलाई मार्नु भन्ने हो ।  व्यक्तिगत समस्याका कारण ले गर्दा नै प्रत्येक आत्महत्या हुने गर्छन। व्यक्तिका विभिन्न आकाङ्क्षाहरु हुन्छन  र ती आकाङ्क्षाहरु तत्काल पूरा होऊन  भन्ने  अभिलाशा राखेको हुन्छ । ती चाहनाहरु पूरा नभएपछि आत्महत्या गर्न पुग्छ ।तर, समग्रतामा अध्ययन गर्दै जाँदा कुनै व्यक्ति आत्महत्याको तहमा पुग्नुको मुल कारण समाज हो । हरेक व्यक्तिका ईच्छा, चाहना, आवश्यकताहरु हुन्छन् । उसले ती ईच्छा, चाहना, आवश्यकताहरुलाई परिपूर्ति गर्न चाहान्छ । तर, समाजले उसलाई छुट दिँदै...

महाबिर पुन भन्नु हुन्छ : मैले नि यो बर्षको दशैंमा नयाँ कपडा पाए

Image
महाबिर पुन भन्नु हुन्छ :  मैले नि यो बर्षको दशैंमा  नयाँ कपडा पाए   "सायद ४५ बर्ष पछि मैले दशैमा नयाँ कपडा पाएको होला | यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन् | पुरानो जडौरी होइन | मेरो जिन्दगीको यो दोश्रो नयाँ सुट हो | जुत्ता चाहिं ६ बर्ष पुरानो हो | धेरै साथीहरुले राम्रो कपडा लगाएन भनेर मलाई कचकच् गरिरहनु भएको थियो | अब कचकच गर्ने साथीहरु चुप लाग्नु होस | आज नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको बाचा पुरा गरें | दशैको बेलामा यो नयाँ कपडा कहाँ बाट आयो भनेर कसैले पनि नसोध्नु होला | केहि महिना पछि मैले नै बताउने छु | क्या रमाइलो हुने भयो यो पालीको दशैँ त| कहिले काहिं त गल्लीको कुकुरको पनि दिन आउंछ भनेको यहि हो ।"                                                                                          ...

के अवोध पशुको घाँटी रेटेर रगत चढाउँदा देवीदेवता खुशी हुन्छन्???

Image
                                                    के   अवोध पशुको घाँटी रेटेर रगत चढाउँदा देवीदेवता खुशी हुन्छन्???                                                                                                         Photo: google                  रोशन खरेल                      गुल्मी                       ...

लकडाउनले रोकेन सामाजिक काम ,कहिले समाज बिकास त कहिले पिडितलाई सहयोग

Image
           सामाजिक अभियान मा सहभागी हुन सम्पुर्ण भिरकोट बासी लाई अर्याल को अपिल। कृष्ण अर्याल भिरकोट ५ स्याङ्जा स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाका युवा लकडाउन र बन्दाबन्दीको समयमा एकजुट भै पूरा विश्व र देशलाई नै कोरोनाले अत्याएको बेला हामि युवाहरु भने सहकार्यको सामाजिक भावनाका  साथ यस अभियान अगाडि सरेका छौ। स्थानीय तह ले मात्रै सबै गर्न सम्भव नहुन सक्छ म र मेरो होइन ,हामी र हाम्रो गाउँठाँउ नगर  बनाउन सम्पुर्ण को उत्तरदायित्व रहन्छ। कुनै पनि पार्टी गत र कसैको व्याक्तिगत बिरोधि नभै भीरकोट नगरपालिकाका सम्पुर्ण  वडा को युवा साथी हरु  समेट्ने गरी कार्ययोजना अघि बढाइने  र बन्दाबन्दीको समयपछि एकीकृत भेला नै गरेर अघि बढ्ने सोचमा रहेको कुरा सामाजिक अभियान्ता तथा  भिरकोट युवा आवाज का सक्रिय सदस्य कृष्ण अर्याल ले भन्नुभयो । भिरकोट युवा आवाज को सुरुवात मा केही बिरोध सङ्गै  युवा हरुलाइ राजनीति को माध्यम  बनाइ बिवाद आउने कार्यहरु पनि भए तर हामी युवा हरु एकीकृत भएर भीरकोट नगरपालिकामा मात्रै सीमित नभई स्याङ्जा जिल्लाभर युवा सचेतना ...

स्याङ्जा का युवाले लेखे प्रम ओलि लाई खुल्ला पत्र

Image
  सम्माननीय प्रधानमन्त्री ज्यू, तपाईं, हामी सारा नेपालीको एक जिम्मेवार अभिभावक हुनुहुन्छ । २०२६ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता ग्रहण गर्नु अघि सात सालको क्रान्तिदेखि पन्चायत र राजतन्त्रको उन्मुलन भनी देशलाई गणतन्त्रको अनुपम परिभाषाभित्र समेट्न तपाईंले गरेको योगदान पक्कै पनि कसैले चाहेर पनि बिर्सन नसक्ला। नेपालका अधिक जनताले देश बिकासमा तपाईंको विकल्प छैन भन्दै गर्दा तपाईंसँग हाम्रो अपेक्षा अनगिन्ती हुनु पक्कै पनि स्वभाविक हो। दुईतिहाइ सरकारको अस्त्र हातमा लिएर शासनको बागडोर सम्हाली "सुखी नेपाली समृद्ध नेपाल" बनाउने तपाईंको आकाङ्क्षा सबै नेपालीलाई स्वागतयोग्य  नहुने कुरै भएन । किनभने नेपाली जनताले तपाईंको निधारमा दुईतिहाइको  चन्दन लगाएर पाँच वर्षे आयुको शुभकामना  दिदै आशा र भरोसाका साथ  देश सुम्पेका हुन् ।  रंगिन टेलिभिजनका पर्दामा देखाइएका विशाल सपना ,जनतालाई जिउँदै स्वर्ग जान पाउने युधिस्ठिर बनाउने जस्ता आशा देखाइ मनमोहक तुरुपहरु चुनावी मैदानमा फालेर तपाईं सत्ताको भर्‍याङ चढेको कुरा त अवगत नै होला नि है ?  आज समय र उपलब्धिसँगैको यात्रामा हिजो...