लकडाउनले रोकेन सामाजिक काम ,कहिले समाज बिकास त कहिले पिडितलाई सहयोग

          सामाजिक अभियान मा सहभागी हुन सम्पुर्ण भिरकोट बासी लाई अर्याल को अपिल।


कृष्ण अर्याल
भिरकोट ५ स्याङ्जा
स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाका युवा लकडाउन र बन्दाबन्दीको समयमा एकजुट भै पूरा विश्व र देशलाई नै कोरोनाले अत्याएको बेला हामि युवाहरु भने सहकार्यको सामाजिक भावनाका  साथ यस अभियान अगाडि सरेका छौ। स्थानीय तह ले मात्रै सबै गर्न सम्भव नहुन सक्छ म र मेरो होइन ,हामी र हाम्रो गाउँठाँउ नगर  बनाउन सम्पुर्ण को उत्तरदायित्व रहन्छ। कुनै पनि पार्टी गत र कसैको व्याक्तिगत बिरोधि नभै भीरकोट नगरपालिकाका सम्पुर्ण  वडा को युवा साथी हरु  समेट्ने गरी कार्ययोजना अघि बढाइने  र बन्दाबन्दीको समयपछि एकीकृत भेला नै गरेर अघि बढ्ने सोचमा रहेको कुरा सामाजिक अभियान्ता तथा  भिरकोट युवा आवाज का सक्रिय सदस्य कृष्ण अर्याल ले भन्नुभयो ।


भिरकोट युवा आवाज को सुरुवात मा केही बिरोध सङ्गै  युवा हरुलाइ राजनीति को माध्यम  बनाइ बिवाद आउने कार्यहरु पनि भए तर हामी युवा हरु एकीकृत भएर भीरकोट नगरपालिकामा मात्रै सीमित नभई स्याङ्जा जिल्लाभर युवा सचेतना गर्ने, मन्दिर, पाटीपौवा तथा सांस्कृतिक स्थलहरुको संरक्षण तथा संवर्धन गर्ने, सरसफाई कार्यक्रम सञ्चालन गर्ने, रक्तदान समूह गठन गरी रक्तदान कार्यक्रम समेत गरिसकेको  उहाले जानकारी दिनुभयो ।अहिले हामी क्यान्सर रोग बाट पिडित नानी का लागि सहयोग अभियान मा लागेका छौ। यस मा आफ्नो ठाउँ बाट सक्ने सहयोग गर्नुहुन पनि सम्पुर्ण लाई उहाँ को अपिल रहेको छ।

सार्वजनिक सेवाप्रदायक निकायबाट हुने ढिलासुस्ती तथा अनियमितता विरुद्ध उठि आवाजबिहिन को आवाज बन्ने र  हाम्रो नगर लाई राम्रो नगर  बनाउन  स्थानीय तह सङ्ग सहकार्य  गर्ने  हाम्रो सोचाइ रहेको छ।।

सामाजिक अभियान को  रुपमा अघि सारेको यस पवित्र अभियान मा सकारात्मक सोची राजनीति  लाई  टाढा राखी मानवीय सेवा गर्न र सँधै समाजको विकास निर्माणमा अग्रसर हुन, अनियमितता विरुद्ध खबरदारी गर्न र भ्रष्टाचार विरुद्धको अभियानमा सहभागी भैइ सहकार्य गर्नुहुन सम्पुर्ण भिरकोट बासी  जनप्रतिनिधि ,संघ सस्था,युवा कलब ,शिक्षक,विद्यार्थी, पत्रकार, राजनैतिककर्मी, स्थानीय बुद्धिजीवी साथै सम्पुर्ण युवा सङ्गै महिला दिदिबहिनी हरुलाइ  भिरकोट  युवा आवाज हार्दिक अपिल गर्दछ ।

WHAT THE NEWS TEAM
"THE MIRROR OF SOCIETY"

Comments

Popular posts from this blog

गुल्मी-दरबार गा पा ले सुरु गर्यो विवरण संकलन काम।WHAT THE NEWS

के अवोध पशुको घाँटी रेटेर रगत चढाउँदा देवीदेवता खुशी हुन्छन्???

स्याङ्जा का युवाले लेखे प्रम ओलि लाई खुल्ला पत्र