युवा-युवतिमा बढ्दो आत्महत्या,बन्दैछ अन्य रोगभन्दा खतरनाक
"आत्महत्या "
मङ्गलबार ,०४ कार्तिक
आत्महत्याको अर्थ स्वयंलाई मार्नु भन्ने हो । व्यक्तिगत समस्याका कारण ले गर्दा नै प्रत्येक आत्महत्या हुने गर्छन। व्यक्तिका विभिन्न आकाङ्क्षाहरु हुन्छन र ती आकाङ्क्षाहरु तत्काल पूरा होऊन भन्ने अभिलाशा राखेको हुन्छ । ती चाहनाहरु पूरा नभएपछि आत्महत्या गर्न पुग्छ ।तर, समग्रतामा अध्ययन गर्दै जाँदा कुनै व्यक्ति आत्महत्याको तहमा पुग्नुको मुल कारण समाज हो । हरेक व्यक्तिका ईच्छा, चाहना, आवश्यकताहरु हुन्छन् । उसले ती ईच्छा, चाहना, आवश्यकताहरुलाई परिपूर्ति गर्न चाहान्छ । तर, समाजले उसलाई छुट दिँदैन । यस्तो अवस्थामा आवेशमा गरिएको निर्णयले व्यक्ति अप्राकृतिक रुपमा आत्म त्याग गर्छ । व्यक्तिलाई आत्महत्याको तहसम्म पुर्याउन समाज उत्प्रेरकको भूमिका निर्वाह गर्छ ।
नेपाली समाजमा पछिल्लो समय आत्महत्याका घटनाहरु बढ्दै गएका छन् । दिनहुँजसो आत्महत्याका समाचारहरु पढ्न र सुन्नु परेको छ । त्यसो त आत्महत्याका घटना नेपालमा मात्रै नभएर बिश्वभरि नै हुने गरेका छन् । बिश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार बिश्वमा प्रत्येक बर्ष करीव ८ लाख मानिसले आत्महत्या गर्छन । यस आधारमा प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्महत्या गरेको हुन्छ ।
नेपालमा आत्महत्या गर्नेहरुमध्ये करीव ७२ प्रतिशतले झुण्डिएर आत्महत्या गर्छन् । बिष सेवन गरेर, आफूले आफैंलाई गोली हानेर, आगो लगाएर, हामफालेर, करेण्ट लगाएर, हातहतियारको प्रयोग गरेर आत्महत्या गर्ने गरेको पाइन्छ ।
उदाहरणका लागि पछिल्लो समयका आत्महत्याका घटनाहरुलाई लिन सकिन्छ ।युवा–युवतीवीच हुने प्रेम सम्वन्ध र विवाहमा समाजले जातको नाममा, धर्मको नाममा, वर्गको नाममा वा यस्तै कुनै वहानामा उनीहरुलाई बिहे गर्ने अनुमति नदिनु प्रमुख कारण बन्न पुगेको छ । सँगै मर्ने, सँगै जीउने बाचाका साथ प्रेम गरेको युगल जोडी छुट्टिनु पर्दा युवा वा युवती वा दुवै आत्महत्याको तहमा पुग्छन् ।
यस्तै, बच्चाहरुको बढ्दो महत्वाकाङ्क्षा र आफ्नो आयश्रोतको तालमेल मिलाउन नसकेर आत्महत्या गर्नेहरू पनि भेटिएका छन् भने अर्कोतर्फ अभिभावकहरुले छोडेर हिँडेपछि उनीहरूका बच्चाहरुको एक्लोपन र गलत सङ्गतले नशालु पदार्थ एवं कुलतमा फस्ने गरेको पनि भेटिन्छ ।
आत्महत्या विश्वभरिमा जनस्वास्थ्यको सवाल बनेको छ । यसले समाज, देश र विश्वलाई प्रभावित बनाएको छ । आत्महत्याबाट युवाहरु बढी प्रभावित रहेका छन् । १५–२९ उमेर समूहका मानिसहरुको दोश्रो ठूलो मृत्युको कारण आत्महत्या बनेको छ । आर्थिक अवस्था कमजोर भएका र मध्यम आर्थिक अवस्था भएका मुलुकहरुमा यो समस्या बढी देखिए पनि विश्वभरि नै समस्याका रुपमा रहेको छ ।
पछिल्लो अवस्थामा नेपाली समाजमा आत्महत्याका कारणहरु हेर्दा, सामाजिक सञ्जाल र सञ्चार उपकरणहरुको दुरुपयोग अर्को महत्वपूर्ण कारण भएको छ । सञ्चार उपकरणबाट एक आपसमा जोडिँदै जाँदा प्रेम सम्वन्धसम्म पुग्ने, पछि परिवारका कारण छुट्टिने अवस्था आउने वा धोका पाउने, ढाँटेर अर्को बिवाह गर्ने जस्ता घटनाहरु हुँदै जाने र अन्ततः आत्महत्याको तहमा पुग्ने गरेको पाइन्छ । यस्ता घटनामा पनि कारण भने समाज नै हुने गरेको छ ।
आत्महत्याको अर्को महत्वपुर्ण कारक तत्व यतिबेला बेरोजगारी पनि भएको छ।बिगत ६/७ महिनादेखी को लकडाउन ले गर्दा मानिसहरुले बैंकको किस्ता तिर्न नसक्नु, र सामान्य घर खर्च पनि चलाउन नसक्दा बाध्य भएर प्राणहत्याको बाटो रोज्न पुगेका छन।अधिकतम केसहरु त प्रहरिको फाइलसम्म नै पुग्दैनन।अलि सहरी र बिकसित ठाउका केस हरु मात्र प्रहरी को मा पुग्ने गर्छन।लकडाउनको समयमा जुन २७ सम्म नेपाल पुलिसमा दर्ता भएको डाटा हेर्दा करिब १६४७ जना ले आत्महत्या गरेको पुष्टि भएको छ।
के आत्महत्या रोकथाम गर्न सकिन्छ त ?
कुनै पनि व्यक्तिमा आत्महत्याको सोच छ अथवा उसले आत्महत्या गर्दैछ भने उक्त व्यक्तिमा केही संकेत अवश्य देखिन्छन्। निराश हुने, सहयोगविहीन महसुस गर्ने वा आफू मूल्यहीन भएको ठान्ने आदि। पहिला यस्ता सोच नआएको तर हालको अवस्थामा मूल्यहीन, सहयोगविहीन, आशाविहीन सोचहरू आइरहेको छ भने सो व्यक्तिमा आत्महत्या गर्ने सम्भावना छ भनेर हामीले बुझ्नुपर्दछ। अर्को कुरा, हालको समयमा आएर यदि उक्त व्यक्ति एकदमै हिंस्रक भइरहेको छ, छटपटाहट देखिन्छ वा एक्लो महसुस गरेर कसैसँग पनि नबोल्ने, एक्लै टोलाएर बस्ने गरिरहेको छ भने त्यस्तो अवस्थामा पनि उक्त व्यक्तिले आत्महत्या गर्न सक्छ भनेर बुझ्नुपर्दछ।
डिप्रेसनका तथा विविध कारणले गर्दा आत्महत्याका सोचाई राखेका व्यक्तिले समयमा उपचार पाए भने मनको पीडा घट्दै जान्छ र निको हुन्छ भन्ने आशा पलाएपछि आत्महत्या गर्ने सोचाइ आउने सम्भावना कम हुन्छ । आत्महत्याको रोकथाममा परिवार, समाज, साथीसङगीहरुको भूमिका सवै भन्दा महत्वपूर्ण हुन्छ ।
आत्महत्याको जोखिम बढी भएका व्यक्तिसँग मायालु व्यवहार गर्ने, उनीहरुको मनको कुरा सुनीदिने, काममा सहयोग गरिदिने, आत्महत्याको लक्षण देखिएमा बेवास्ता नगरी उपचार प्रक्रियामा घरपरिवारका सदस्य तथा साथी भाईहरुले सहयोग गर्नुपर्दछ । सम्पूर्ण सबै पक्षसँग समन्वय, सहयोगका लागि सहकार्य र आत्महत्याको जोखिममा रहेका व्यक्ति, वर्ग र समुदाय लक्षित कार्यक्रम सञ्चालन गर्न सकियो भने आत्महत्याको केही हदसम्म रोकथाम गर्न सकिन्छ।
ROSHAN KHAREL(GULMI)
WHAT THE NEWS TEAM
"THE MIRROR OF SOCIETY"


Dherai ramro lekha yaar
ReplyDeleteधन्यवाद साथी
DeleteDerai ramro x lekh
ReplyDeleteDerai ramro x lekh
ReplyDelete