यसरी आफै छुट्याउनुहोस-कोरोना भाइरस र मौसमी रुघाखोकी ....

 यसरी आफै छुट्याउनुहोस-कोरोना भाइरस र मौसमी रुघाखोकी ....

                                                                 


अब बिस्तारै देशभरी मौसममा परिवर्तन  भइ गर्मी मौसम बाट जाडो मौसम सुरु हुँदै छ।तिब्र गतिमा जाडो बढ्दै गएको छ।अन्य समय जस्तो हुन्थ्यो भने त यो बिषयमा खासै कसैको चासो हुन्थेन होला तर यतिवेला पुरै विश्व कोरोना भाइरसको महामारी बाट आक्रान्त बनेको र यसका लक्षण सामान्य तथा मौसमी रुघा-खोकी सङ्ग मिल्न जाने हुँदा यतिबेला यो बिषय जनचासोको बिषय बनेको छ।संसारभरि कोरोनाभाइरसका केसहरू बढिरहँदा कोरोना, सामान्य रुघा र मौसमी रुघाखोकीमा कस्ता भिन्नता हुन्छन् भन्ने विषयमा धेरैको चासो रहेको पाइन्छ ।

सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने सामान्य रुघाखोकी लाइ कोरोना मानेर आत्तिनु भएन र केही लक्षण मिलेमा  सामान्य रुघाखोकी हो भनेर ढुक्क भएर बस्नु भएन।ब्यक्ती स्वयंले लक्षण को प्रकृतिलाइ हेरेर आफ्नो स्वास्थ को समिक्षा आफै पनि गर्न सकिन्छ।यसले अनावश्यक मानसिक दवाव बाट मुक्त गर्न सहयोग पुर्याउछ भने बेलैमा रोग पहिल्याउन सचेत पनि बनाउछ।
कोरोनाभाइरस अचानक लाग्छ । लक्षणहरूमा ज्वरो, सुक्खा खोकी, मांसपेशीमा पीडा र थकान पर्छन् । संक्रमित केही व्यक्तिहरूलाई टाउको दुख्ने र खोक्दा रगत निस्कने पनि हुन्छ अनि कसैलाई त डायरिया पनि हुन्छ । कोभिड–१९ हुर्किने समय एकदेखि १४ दिन हुन्छ र कहिलेकाहीँ २४ दिनसम्म पनि पुग्छ । यो निको हुने प्रक्रिया चाहिँ एकदमै लामो छ । सामान्य कोरोना रहेछ भने दुई हप्तामा निको हुन्छ तर कडा कोरोना लागेछ भने निको हुन ६ हप्तासम्म लाग्न सक्छ ।
यसको कुनै विशेष औषधि वा खोप उपलब्ध छैनन् । लक्षणलाई मात्र उपचार गर्ने हो ।
               मौसमी रुघाखोकीको कुरा गर्दा त्यसले कोरोनाभाइरसको झैं लक्षण देखाउँछ जस्तै ज्वरो, सुक्खा खोकी, मांसपेशीको दुखाइ र थकान । अन्य लक्षण घाँटी खसखसाउने, नाक बग्ने र नाक थुनिने हुन् ।मौसमी फ्लु दुई–तीन दिनमा नै निको हुन्छ । तातोपानी खाँदा, बाफ लिँदा र आराम गर्दा नै मौसमी फ्लु निको हुन्छ ।
             रुघाखोकीका कतिपय लक्षण कोरोना भाइरससँग मिल्दैनन् । जस्तै हाँच्छिउँ आइरहन्छ, नाकबाट सिगान बगिरहन्छ वा नाक बन्द भएको छ भने त्यो कोरोना भाइरसको लक्षण होइन । यी लक्षण कोरोना भाइरस लागेका बिरामीमा देखिदैनन् ।
त्यस्तै कोरोना भाइरस हुँदा टाउको दुख्ने वा वाकवाकी हुँदैन ।सुख्खा खोकीसँगै तपाईको स्वास छोटो र छिटोछिटो भएको छ, स्वास फेर्न गाह्रो भएको छ र ज्वरो आएको छ, जिउ दुख्ने र थकानको महसुस पनि भयो भने  तुरुन्तै डाक्टरकोमा जानु पर्दछ । किनकि यी कोरोना भाइरसका लक्षण हुन् ।
          फ्लू हुँदा पनि थकान लाग्ने र जीउ दुख्ने हुन्छ । यी मात्र लक्षण देखिएको खण्डमा सचेत हुन जरुरी छ तर आत्तिहाल्नु पर्ने  हुँदैन । मौसमि फ्लू हुँदा ज्वरो आएपनि स्वास फेर्न गारो नहुने र छोटोछोटो स्वासप्रश्वास चाहिँ  नहुने चिकित्सकहरु बताउँछन् ।
           
               चाहे कोरोना भाइरस होस या मौसमी रुघाखोकी,तलका सामान्य कुराहरु पालना गर्न सकियो भने केही हदसम्म संक्रमण बाट बच्न सकिन्छ।

– खोक्दा, हाछ्यूँ गर्दा नाक, मुख छोप्ने

– सही तरीकाले साबुन पानीले  हात धुने

– प्रभावित व्यक्तिसँग हात नमिलाउने, बरु नमस्कार गर्ने

– अन्य व्यक्तिसँग कम्तिमा एक वा दुई हात टाढा रहने

– आँखा, नाक तथा मुखमा अनावश्यक रुपमा हात नलैजाने

– रुघाखोकी लागेमा ३-५ दिनसम्म घरमै आराम गरेर बस्ने ।

– रोगीलाई पौष्टिक खाना र प्रशस्त मात्रामा झोलिलो खानेकुरा, भातको माड, दालत तथा तरकारी र गेडागुडीको रस आदि खुवाउने ।

– चुरोट-रक्सी नखाने

– चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सल्लाहबिना औषधि प्रयोग नगर्ने।

     तसर्थ ब्यक्ती स्वयं सचेत बनेर आफुलाइ देखिएका लक्षण को प्रकृति हेरेर समिक्षा गर्न सकियो भने अनावश्यक मानसिक तनाव बाट मुक्त हुन सकिन्छ।
                                                              "सचेत बनौं,सुरक्षित रहौँ"
                                                     " WHAT THE NEWS" TEAM
                                                     THE MIRROR OF SOCIETY

Comments

Popular posts from this blog

गुल्मी-दरबार गा पा ले सुरु गर्यो विवरण संकलन काम।WHAT THE NEWS

के अवोध पशुको घाँटी रेटेर रगत चढाउँदा देवीदेवता खुशी हुन्छन्???

स्याङ्जा का युवाले लेखे प्रम ओलि लाई खुल्ला पत्र