गरीब परिवारमा लकडाउनको प्रभाब ।यथार्थ |WHATHE NEWS

  



रोशन खरेल

        गुल्मी

तल खोला छेउको घर- खेत अनि श्रीमतिका अलि अलि भएका गहना  बन्धकी राखेर रिण खोजि ३महिना पहिला हातमा हरियो पासपोर्ट,गहभरी आँसु र भविश्यका अनगिन्ती सपनाहरु देखेर  छोरालाइ विदेश पठाएका पल्लाघरे काका एकाबिहानै हाम्रो घर आएर सुक्क-सुक्क गर्दै रुन थाले,भन्दै थिए,"लौन म त वर्वादै भए नि,छोरो विदेश गएर पैसा कमाएर पठाउला,छिट्टै नै बन्धकी राखेका घर-खेत छुटाउला र सधै पैसा कहिले तिर्छस भनी थर्काउने जिम्माल साहुको बर्षौ पुरानो ऋण तिरौला भनेको यो करुणा(कोरोना) आएर छोराले काम गर्न नि पाएन अरे।अरु त परै जाओस खान बस्न नि धौ-धौ पर्यो बा भन्दै फोनमा रुदै थियो।घर आउन नि बन्द ले पाएन,त्यहा बस्न खान साह्रै दुख भयो रे।गएको नि धेरै भाको छैन,पैसा कमाउने त बेलै भाको छैन।न त चिनजानको कोहि छ।सास फर्किने हो कि लास टुङ्गो छैन बा भन्दै फोनमै रुदै थ्यो।बुढेशकालको सहारा एउटा छोरो,बाउ-आमाका खुसी पूरा गर्न र ऋण मुक्त गराउन विदेश गको न त काम नै गर्न पायो,मेरो बुढेशकालको लठ्ठी हराए जस्तो पो भयो बाबू ।बरु गाउँमै भको भए जति जमिन थ्यो त्यत्तिमै पसिना बगाएर पुगे पुरै पेट नपुगे आधी पेट खाएर बस्नु हुन्थ्यो।जे भएनी बुढेशकालमा मेरै साथमा त हुन्थ्यो होला।"




                घाटिमा बेरेको मैलो गम्छाले आँसु पुछ्दै फेरि भन्न थाले,"बाबू हजुर चाहिँ पैसा कमाउन भनेर विदेश नजानु है,बरु नेपालमै केही गर्नु।वाहिर गएर बगाउने पसिना नेपालमै बगायो भने यहि सुन फल्छ,हिरा फल्छ।बुढा बाबु-आमाले बुढेसकालमा आफ्नो लठ्ठी बाट छुट्टिएर टाढा बस्नु पर्दैन।होला धेरै कमाउन नसकिएला तर धेरै कमाएर पनि मर्दा लैजाने केही हैन क्यारे।बाचुन्जेल विहान साझ खुसिले हातमुख जोर्न पुग्ने गरि कमाए पुग्छ।जिन्दगिमा सुख भन्दा पनि ठूलो खुसी रैछ।सुख खोज्न मान्छे विदेश जान्छ्न तर सुख खोज्दा खोज्दै मान्छे खुसी बिर्सिराको छ।सोच्थे टन्न पैसा कमाए त सबै खुसी पाइन्छ होला भनेर तर म गलत रैछु बाबू,खुसी खोज्न टाढा जानू पर्ने रैनछ।"

म सुन्दै गए,काका भन्दै थिए,"यतिबेला घरमा खाने अन्न नि छैन,सरकारले दिने राहत भन्या नि उहीँ ठुला-बडाका आफ्ना मान्छेले बिचमै सकाउछन क्यारे,हामी सङ्ग त के आउथ्यो र।उता काकी विरामी भएर विस्तारामा लडेको हप्ता हुन लागिसक्यो।उपचार गर्न लैजान नि पैसा नभएर सकेको छैन।गरिबी नै सबैभन्दा ठूलो शत्रु रैछ क्यारे त्यसमाथी छोरो साथमा नहुनु।म बुढोलाइ यो बुढेशकालमा कति दुख परे नि बरै!"काकाले आखाबाट बरर आँसु झारे।



                     आफ्नो अगाडि ठुला मान्छेले आँसु झारेको देख्दा कहाँ खटाउन सकिदो रैछ र खै,मेरा पनि आँखा बाट आँसु झरे।
                    केही बेर पछि काका आफैले आफैलाइ सम्हाल्दै भन्न लागे,"बाबू बरु म जिन्दगी भर हजुरकैमा सेवा गर्छु,परेको काम गर्छु,यतिबेला साह्रै संकट पर्यो,म त हजुरबाट केही सहयोग पाइन्थ्यो कि भन्ने आशा बोकेर यहाँ सम्म आको।"
                    "भन्नुहोस न काका मैले के सहयोग गर्न सक्छु?मैले सकेको सहयोग त पक्कै पनि गर्नेछु नि काका।"मैले भने।
                 "बाबू हजुरसङ्ग केही पैसाको सहयोग पाउन सकिन्थ्यो कि भन्ने सोचेर आको म त ।सके म जिउदो छदै तिर्छु नसके छोरो फर्किन पायो भने आएर काम गरेरै भएनी तिर्छ।यतिबेला साह्रै गाह्रो पर्यो।"
                 काका को आखाभरी आँसु देखेपछी मानवताको हैसियतले पनि म काकालाइ सहयोग नगरी कहाँ बस्न सक्थे र।म सङ्ग भएको केही रकम काकालाइ दिए र उहाँको छोरालाइ गाउँ फर्काउन गा.पा को सहयोगको लागि फोनको घन्टी घुमाएं।

यो एउटा प्रतिनिधि घटना मात्रै हो।हरेक गाउँ-ठाउँ मा यस्ता कैयौं परिवारहरु छन,जहाँ देशमा रोजगारी नभएर,ऋणले थिलोथिलो पारेर वाध्यताले विदेशिनु परेको छ।अहिले कोरोना भाइरसले त्रसित भइ घर फर्किन आतुर दाजु भाइ तथा युवा साथिहरु एकपटक राम्ररी सोच्नुस अब देशमै गएर यहि काम गर्छु भनी योजना बनाएर आउनुस।कति अर्काको देशमा डरै-डरमा पसिना बगाउनुहुन्छ।गाउँमा बुढा बाबू-आमाले छोराको बाटो हेर्दै बसिराका छन है।
                    नोट : लक्डाउनको सुरुवाती समयमा लेखिएको लेख ।         
                                                                     whathenews team
                                               "the mirror of society"


Comments

Post a Comment

Popular posts from this blog

गुल्मी-दरबार गा पा ले सुरु गर्यो विवरण संकलन काम।WHAT THE NEWS

के अवोध पशुको घाँटी रेटेर रगत चढाउँदा देवीदेवता खुशी हुन्छन्???

स्याङ्जा का युवाले लेखे प्रम ओलि लाई खुल्ला पत्र