मेरो स्मरणमा श्री कृष्ण जन्माष्टमी अर्थात 'सानो तिज
मेरो स्मरणमा श्री कृष्ण जन्माष्टमी अर्थात 'सानो तिज'
म एक्कै छिन मेरो बाल्यकालमा पुग्न चाहान्छु हजुर पनि आफ्नो बाल्यकाल को दिनहरु स्मरण गर्नुस है।
श्री कृष्ण जन्माष्टमी अर्थात म सानो तिजको रुपमा बुझ्छु।३-४ कक्षा मा अध्ययनरत हुदो हो।सानो तिजको अघिल्लो दिन दर खाने दिन भनेर १ बजे स्कुल छुट्टि हुने प्रचलन थियो।अघिल्लो दिन नै स्कुलमा साथीहरु सङ्ग भोलि तिजको दिनमा राम मन्दिरमा(जहाँ तिजको दिनमा आमाहरु जम्मा भएर तिजको गित गाउने गर्नुहुन्थ्यो) भेट्ने है भनेर सल्लाह हुन्थ्यो।त्यही सल्लाह अनुरुप भोलि भेट्ने बाचासहित घर तिर लागिन्थ्यो। साझ अलि 'हुनेखाने' ले दर को रुपमा धेरै परिकार बनाएर खान्थे होला तर 'हुदा खाने' को घरमा पनि कहि कतै बाट दूध किनेरै ल्याएर भएपनी खिर सम्म चाहिँ खाइन्थ्यो सायद म 'हुदा खाने'परिवारमा पर्थे ।साझ गाउमा कसैको घरमा जम्मा भएर तिजको गित गाइन्थ्यो राती अबेरसम्म खुब रमाइलो हुन्थ्यो।आमाहरुले गाउनु भएका बेदना का पोका अनि दिदी बहिनी ले पोखेका पिडाका पोका खुब सुन्न लायक हुन्थे।एकले अर्कोलाइ कर गरि गरि नचाउन अनि उस्तै परे मन परेको केटि साथी सङ्ग लजाइ लजाइ नाच्न कम्ता रमाइलो हुन्थ्यो!
बिहान उठ्दा छुट्टै रमाइलो लाग्थ्यो।बिहानै देखि छिटो खाना खाएर निस्किन पाए नि हुन्थ्यो जस्तो लाग्थ्यो।हजुरलाइ कत्तिको स्मरण छ,तिजको लागि भनेर नया लुगा किनेको?मलाइ झलझली स्मरण छ अझै पनि आकाशे निलो रङ्गको कमिज अनि निलो पाइन्ट तिजकै लागि भनेर आमा-बा ले दर्जिलाई पहिलै सिलाउन दिनुभएको। 'एक पन्थ दुई काज भनिन्छ' नि त्यसै अनुरुप तिजको दिनलाइ नया लुगा पनि भयो र अर्को दिनबाट स्कुलको ड्रेस।मनमा कतै कतै त अमिलो हुन्थ्यो,आफ्नै सङ्गिसाथी नया जिन्स को पाइन्ट र जोन सिना पृन्ट भएको टिसर्ट लगाएर आउदा आफू भने सधैको उहीँ आकाशे रङ्गको कमिज र निलो रङ्गको पाइन्ट मा।
खाना खाइसकेपछी नया कमिज र पाइन्टमा सजिएर टाउकामा लपक्क तोरिको तेल लगाइ अनुहारमा अलिकती दिदिको पाउडर चोरेर लगाएको स्मरण छ?? निस्किने बेला आमाले तिजको दिनको लागि भनेर खाजा खान भनेर दिएको ५ रुपैया याद छ?मलाइ त अहिले नि झलझली याद छ।त्यो समयमा ५ रुपैया पाउँदा नि लाखौ रुपैया पाए जस्तो लाग्थ्यो।राम मन्दिरमा गएर एकछिन नाच हेरेपछी तल्लाफाट बजारमा पुगि ५ रुपैया वाला गोलमोल चाउचाउ खाएको सम्झिदा झन छुट्टै आनन्द आउँछ।
आजकल तिजको बेला दर खानलाइ टन्न परिकार होलान तर त्यो रमाइलो छैन,ती सङ्गि साथी छैनन,तिजका पुराना गित छैनन छ त केवल बिकृती मात्र,बिसङ्गती मात्र।

Comments
Post a Comment